Chapter 9 – Giving Commands and Reporting Actions
Unit 7 — Reading and Writing
Peter’s First Days in Nepal
पीटरको घर क्यानाडा हो। उहाँ अस्ति नेपाल आउनुभयो। अहिले उहाँ काठमाडौंमा एउटा होटेलमा बस्नुहुन्छ। उहाँलाई नेपाली खाना मन पर्छ। हिजो राति उहाँले पिज्जा र बर्गर खानुभएन; उहाँले दालभात खानुभयो। उहाँले तरकारी र अचार पनि खानुभयो। खाना खाएपछि उहाँ केहीबेर आराम गर्नुभयो र परिवारसँग फोनमा कुरा गर्नुभयो। आज बिहान उहाँ ६ बजे उठ्नुभयो। ७ बजे उहाँले चिया पिउनुभयो र नास्ता पनि खानुभयो। त्यसपछि उहाँ कक्षामा आउनुभयो र नेपाली भाषा सिक्नुभयो।
pīṭarko ghar kyānāḍā ho. uhā̃ asti nepāl āunubhayo. ahile uhā̃ kāṭhamāṇḍaũmā euṭā hoṭelmā basnuhuncha. uhā̃lāī nepālī khānā man parcha. hijo rāti uhā̃le pijjā ra bargar khānubhena; uhā̃le dālbhāt khānubhayo. uhā̃le tarkārī ra acār pani khānubhayo. khānā khāepachi uhā̃ kehiber ārām garnubhayo ra pariwārsaṅga phonmā kurā garnubhayo. āja bihān uhā̃ cha baje uṭhnubhayo. sāt baje uhā̃le ciyā piunubhayo ra nāstā pani khānubhayo. tyaspachi uhā̃ kakṣāmā āunubhayo ra nepālī bhāṣā siknubhayo.